स्याङ्जाको वगालथोकमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते

स्याङ्जाको वगालथोकमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते

accident-syangja

तस्विर : सामाजिक संजाल

स्याङ्गजा – स्याङ्गजामा बस र ट्रक ठक्कर खाँदा १३ जना घाइते भएका छन् ।

सिदार्थ राजमार्ग अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं -११ वगालथोकस्थित अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ तर्फ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा बस र ट्रकमा सवार १३ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये ८ जनाको जिल्ला अस्पताल स्याङ्गजामा उपचार भइरहेको छ । भने, अन्य पाँच जनालाई थप उपचारको लागि पोखराको जिएमसी अस्पतालमा रिफर गरिएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ