संसद विघटनविरुद्धको संघर्ष : तनहुँमा प्रचण्ड-माधव पक्षको भेला

संसद विघटनविरुद्धको संघर्ष : तनहुँमा प्रचण्ड-माधव पक्षको भेला

IMG_20201227_162540

तनहुँ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तनहुँको दमौलीमा जिल्लास्तरीय कार्यकर्ता भेला गरेको थियो ।

कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे ९ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।

त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।

पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।

संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

उक्त भेलामा केन्द्रिय सदस्यहरु हरिबहादुर चुमन, आशा कोइराला , प्रतापलाल (पीएल) श्रेष्ठ, विघटित प्रतिनिधी सभाका सदस्य कलिला खान , नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, पार्टीका नेताहरु विद्या ढकाल , शंकर नारायण श्रेष्ठ, मदन आले, विष्णुभक्त सिग्देल, अतिन्द्रकेशरी न्यौपाने, श्रीराम कार्की, ओमकुमारी पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds