काठमाण्डौ – नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको विकास र विस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले २०७३ साल बैशाख २२ गते स्थापित नेपाली क्रिकेट समर्थक समाज (NCSS ) को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ ।
आगामी दुई बर्षको लागि संस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साथै समर्थक समाजले सातै प्रदेशमा समन्वय समिती गठन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कार्यक्रममाँ स्वागत मन्तव्य संस्थाका सह सचिब अधिवक्ता शुभ राज दुलालले राख्नु भएको थियो ।

आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिमा अध्यक्षमा नारायण पराजुली संगै उपाध्यक्षमा रेजिना बस्नेत सचिवमा शुभ राज दुलाल सहसचिवमा मोहन ज्ञवाली कोषाध्यक्षमा अच्युत पान्डे , त्यसैगरी सदस्यहरुमा तारा पाठक , केदार शर्मा , मनिस कार्की नियुक्त भएका हुन ।
त्यस्तै प्रदेश संयोजकको रुपमा साधारणसभाले प्रदेश नं १ मा ईश्वर रेग्मी , प्रदेश नं ३ मा विशाल पौडेल र प्रदेश, प्रदेश नं ५ मा सागर पंगेनीलाई चयन गरेको छ । बाँकी प्रदेशमा कार्यसमितिले संयोजक तोक्ने छ ।
संस्थाका संस्थापक सदस्य, आजिबन सदस्य, विभिन्न जिल्ला सम्वन्वय समितीका संयोजक साथै जनरल सदस्यहरु सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अवस्था बारे निबर्तमान अध्यक्ष विराज घिमिरेले गतिविधी प्रगती विवरण सचिव नारायण पराजुलीले प्रस्तुत गरेका थिए भने, आर्थिक विवरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला समन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ ।
त्यसबाहेक सहभागीहरुले संस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमहरुमा आ- आफ्नो धारणा ब्यक्त गरेका थिए ।
केन्द्रिय कार्यसमिती ( २०७७-७९)
अध्यक्ष – नारायण पराजुली
उपाध्यक्ष – रेजिना बस्नेत
सचिब – अधिवक्ता शुभ राज दुलाल
सहसचिब – मोहन ज्ञावली
कोषाध्यक्ष – अच्युत पाण्डे
सदस्य – तारा पाठक
सदस्य – मनिष कार्की
सदस्य – केदार घिमिरे
सदस्य – सिर्जन दुलाल
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’