पोखराको जिरोकिलोमिटरमा मोटरसाइकललाई ठक्कर दिएर कार फरार, बराम घाइते

पोखराको जिरोकिलोमिटरमा मोटरसाइकललाई ठक्कर दिएर कार फरार, बराम घाइते

pokhara zero km

पोखरा जिरो किलोमिटर नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि.को कार्यालय नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएर भागेको हो ।

जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५.१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका ४ घरभई पोखरा ५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौंडा स्थित स्कुल टोलमा ग ९ प ८३४ दुर्घटना भएको छ ।

मोटरसाईल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २४ बर्षिय कृतिमान गुरुङ घाईते भएका छन् । उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ