पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका उम्मेदवार नारायण कोइराला र विन्दु कोइराला सुवेदी नेतृत्वको प्यानलसहित ४० जनाको उम्मेदवारी परेको हो ।
वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापतिको मात्र उम्मेदवार परेकोमा पदाधिकारीका हरेक पदमा २–२ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका प्रजापति नारायण कोइराला प्यानलका हुन् । सोही प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) मा चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
उता, विन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिवमा धनीराम बराल, उपमहासचिवमा धर्मराज बर्तौलाले मनोनयत्रपत्र दाखिला गरेका छन् । उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्कीले उम्मेदवारी दिएका छन् । उनले आफू कुनै प्यानलमा नभएकाे र स्वतन्त्र रुपमा उठेकाे बताएका छन् ।
निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार साधारण सदस्यतर्फबाट १० कार्यकारिणी सदस्यमा उत्तममान बुद्धाचार्य, उत्तम सेवक कार्की, ऋषिराम शर्मा भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानाङ्ग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।
तीमध्ये पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की विन्दु कोइराला प्यानलका हुन् भने उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांगको स्वतन्त्र उम्मेदवारी रहेको बताइएको छ । उता, नारायण प्यानलबाट २ एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हर्कबहादुर अधिकारी (मिराज) र हरिहर सापकोटा निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा हिरामणि पण्डित निर्विरोध बने । उनी विन्दु कोइराला प्यानलका हुन् ।
वस्तुगतमा ४ सदस्यका लागि उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गंगोली, रामबहादुर केसी र रुपनारायण घिमिरेले उम्मेदवारी दिएका छन् ।
संघको २९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (उद्योग), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहित खुलातर्फ १० कार्यकारिणी सदस्य, ४ वस्तुगत, २ कर्पोरेट र १ औद्योगिक सदस्य निर्वाचित हुनेछन् । यस्तै, निवर्तमान अध्यक्ष अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह