इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल फर्काए ।
३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई आग्रता दिलाए । उनले आराने राम्सेको पासमा गोल गरेको थिए । ४९औं मिनेटमा रोनाल्डोको पासमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।
७० औं मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाइए सहज जिततर्फ अग्रसर गराए ।
९०औं मिनेटमा मार्भिन जिगेलारले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए । तर इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाउलो डिबालाले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ४–१ को सानदार जित दिलाए ।
यो नतिजासँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।
एसी मिलान शीर्ष स्थानमा फर्कियो
बेनेभेन्टोलाई पराजित गर्दै एसी मिलान ६ घण्टापछि नै इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले बेनेभेन्टोलाई उसैको मानमा २-० ले पराजित गरेको हो ।
बेनेभेन्टोको मैदानमा भएको खेलको १५औं मिनेटमा फ्रकान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
३३औं मिनेटमा सान्ड्रो टोनालीले रातो कार्ड पाएपछि मिलान दश खेलाडीमा समेटियो । पहिलो हाफमा एक गोल गरेको मिलानले एक खेलाडी कम हुनका बावजुतपनि दोस्रो हाफमा गोल थप्यो । ४९औं मिनेटमा एन्टे रेबिकको पासमा राफेल लिएओले मिलानका लागि दोस्रो गोल गरे ।
६१औं मिनेटमा बेनेभेन्टोले पेनाल्टीको अवसर पाएको थियो । तर जियानलुका काप्रारीको पेनाल्टी प्रहार पोष्ट भन्द बाहिर गएको थियो ।
जितपछि १५ खेलबाट ३७ अंक जोडेको मिलानले सहरी प्रतिद्वन्दी इन्टरलाई १ अंकले पछि पार्दै पुन. शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट ३६ अंकसहित इन्टर दोस्रो स्थानमा छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’