पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सरकारी गाडी दुरुपयोग भएको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन् । जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले मुख्यमन्त्री कार्यालयको ग १ झ ४३५ नम्बरको गाडी दुरुपयोग गरेको भेटिएको खुलासा गरेको हो । शनिबार गरेको छड्के चेकिङमा सो गाडी दुरुपयोग भएको फेला परेको थियो ।
सोहि दिन पृथ्वीचोकबाट उक्त गाडीलाई जागौं नेपालको टोलीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई बुझायो । मुख्यमन्त्रीको पीएले सो गाडी लिएर ओहोरदोहोर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको टोलीले जनाएको छ ।
जागौं नेपाल अभियानका केन्द्रीय अध्यक्ष दीपक आचार्यको नेतृत्वमा पोखरामा पहिलोपटक छड्के चेकिङ गरिएको थियो । बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग हुन्छ वा हुँदैन भनेर गरिएको छड्के जाँचमा सो गाडी पटक पटक ओहोरदोहोर गरिएको भेटिएको थियो । उक्त गाडी सहित ४ वटा गाडीलाई नियन्त्रणमा लिई ट्राफिक कार्यालयलाई बुझाएको टोलीले जनाएको छ ।
यो बाहेक महान्याधिवक्ताको ग १ झ ३६९, मुक्तिनाथ बराह क्षेत्र विकास कोषको ग १ झ ३३९ र अर्को ग १ झ ५४० नम्बरका गाडी दुरुपयोग भएको पाइएको टोलीले जनाएको छ । चेकिङकै क्रममा ग १ झ ४७० नम्बरको गाडी भने नियन्त्रणमा लिनु अगावै भागेको केन्द्रीय संयोजक आचार्यको भनाई छ ।
कास्की प्रहरीले भने सबै गाडीले पास लिएरै चलाएकाले छाडेको जनाएको छ ।
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ