सामाजिक कार्यमा अग्रसर नयाँ तर क्रियाशील लायन्स क्लब अफ पोखरा सेन्टेनियलले पोखरामा २ लाख मास्क वितरण गरिरहेको छ । कोभिड विरुद्ध खटिएका फ्रण्ट लाइनर्सका साथै सामुदायिक विद्यालयलाई मध्यनजर गर्दै मास्क वितरण गरेको क्लबले जनाएको छ । चीन स्थित द पाण्डा क्लबको सहयोगमा सेन्टेनियलले यहाँ मास्क वितरण गरेको हो ।
क्लबका अध्यक्ष प्रगत कायस्थका अनुसार २ लाख २५ हजार थान मास्क प्राप्त भएकोमा २५ हजार मास्क काठमाण्डौमा वितरण गरिएको छ । २ लाख मास्क पोखरा स्थित प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पत्रकार महासंघ र विद्यालयहरुमा वितरण गर्ने काम भइरहेको छ । प्रहरीलाई १ लाख मास्क प्रदान गरिनेछ । कास्कीका पत्रकारलाई लक्षित गरी नेपाल पत्रकार महासंघ, कास्कीको कार्यालयमै पुगेर क्लबको टोलीले १० हजार थान मास्क प्रदान गरेको छ ।
क्लबका निवर्तमान अध्यक्ष बिजेश पालिखे, प्रथम उपाध्यक्ष पुष्पा गुरुङसहित अध्यक्ष कायस्थले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिमला भण्डारी र सचिव रामप्रसाद तिमिल्सेनालाई सो मास्क हस्तान्तरण गरे । उनले पत्रकार पनि फ्रण्टलाइनमै रहेर काम गरिरहेका कारण थोरै भएपनि सहयोग हुने भन्दै पत्रकारलाई सम्झिएको बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका लागि यो ठूलो राहत मिलेको उल्लेख गरे ।
सन् २०१७ मा स्थापित यो क्लबले गत वर्ष घान्द्रुक पुगेर आँखा शिविर गरेको निवर्तमान अध्यक्ष बिजेश पालिखेले जनाए । २५० जना बढीको आँखा जाँच गरिएकोमा १० जनालाई पोखरा नै ल्याएर उपचार गरेको थियो ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?