सामाजिक कार्यमा अग्रसर नयाँ तर क्रियाशील लायन्स क्लब अफ पोखरा सेन्टेनियलले पोखरामा २ लाख मास्क वितरण गरिरहेको छ । कोभिड विरुद्ध खटिएका फ्रण्ट लाइनर्सका साथै सामुदायिक विद्यालयलाई मध्यनजर गर्दै मास्क वितरण गरेको क्लबले जनाएको छ । चीन स्थित द पाण्डा क्लबको सहयोगमा सेन्टेनियलले यहाँ मास्क वितरण गरेको हो ।
क्लबका अध्यक्ष प्रगत कायस्थका अनुसार २ लाख २५ हजार थान मास्क प्राप्त भएकोमा २५ हजार मास्क काठमाण्डौमा वितरण गरिएको छ । २ लाख मास्क पोखरा स्थित प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पत्रकार महासंघ र विद्यालयहरुमा वितरण गर्ने काम भइरहेको छ । प्रहरीलाई १ लाख मास्क प्रदान गरिनेछ । कास्कीका पत्रकारलाई लक्षित गरी नेपाल पत्रकार महासंघ, कास्कीको कार्यालयमै पुगेर क्लबको टोलीले १० हजार थान मास्क प्रदान गरेको छ ।
क्लबका निवर्तमान अध्यक्ष बिजेश पालिखे, प्रथम उपाध्यक्ष पुष्पा गुरुङसहित अध्यक्ष कायस्थले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिमला भण्डारी र सचिव रामप्रसाद तिमिल्सेनालाई सो मास्क हस्तान्तरण गरे । उनले पत्रकार पनि फ्रण्टलाइनमै रहेर काम गरिरहेका कारण थोरै भएपनि सहयोग हुने भन्दै पत्रकारलाई सम्झिएको बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका लागि यो ठूलो राहत मिलेको उल्लेख गरे ।
सन् २०१७ मा स्थापित यो क्लबले गत वर्ष घान्द्रुक पुगेर आँखा शिविर गरेको निवर्तमान अध्यक्ष बिजेश पालिखेले जनाए । २५० जना बढीको आँखा जाँच गरिएकोमा १० जनालाई पोखरा नै ल्याएर उपचार गरेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ