तनहुँमा डेढ लाख घुस लिने सब ईञ्जिनियर रंगेहात पक्राउ

तनहुँमा डेढ लाख घुस लिने सब ईञ्जिनियर रंगेहात पक्राउ

pakrau

तनहुँमा डेढ लाख घुस लिने सब ईञ्जिनियर रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) मा कार्यरत सबर्ईञ्जियर सुरेन्द्र अधिकारीलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

तनहुँको भानु नगरपालिका–५ मैबल स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालयको काम सम्पन्नताको विवरणका लागि घुस मागेपछि अख्तियारलाई खबर गरिएको हो । अधिकारीलाई घुस रकम बुझाउने क्रममा योजना अनुसार उनी बुधबार दिउँसो अख्तियारको फन्दामा परे ।

दमौलीको मालपोत लाइनस्थित भिरकोट रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । १४ लाख ६९ हजार रुपैयाँमा विद्यालयको शौचालय निर्माण भएकोमा योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिनलाई उनले घुस माग गरेका थिए । नियन्त्रणमा लिएर अधिकारीमाथि कानुनानुसार थप अनुसन्धान भईरहेको रिजालले जानकारी दिएका छन् ।

तस्बिर: सन्त नेपाली, श्रोतः दमौली न्यूज ग्रुप

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ