पोखरा । गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् ।
दुई वर्ष अघि सिद्धार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको सफलता पछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा स्वरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए । उद्घाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ ।
केसीले ग्राहकको सहज सुविधाका लागि आफुहरुले गोल्डस्टारको नयाँ स्वरुम खोलिएको जानकारी गराए । एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता बिक्रिवितरण गर्ने लक्ष्य केसीको छ । नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम संचालनमा आएको हो ।
केसीले गोल्डस्टार सबै उमेरसमुहको रोजाई भएको बताए । बाहिर भन्दा गोल्डस्टारकै स्वरुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाई छ । गोल्डस्टारको पोखरामा राम्रो मार्केट रहेको उनले जानकारी गराए । केसीले भने, ‘गोल्डस्टार जुत्ता पहिले एकै ठाउँमा पाइदैन्थ्यो । अहिले एकै ठाउँबाट ग्राहकले सेवा लिने अवसर पाएका छन् । त्यसैले पोखराको मार्केट राम्रो छ ।’
दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्रीवितरण हुने गरेको केसीले बताए । उनले स्वरुममा कम्पनीले नै तोकेको दर रेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए । उद्घाटनका अवसरमा पौष २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त स्वरुम संचालनमा आएको हो ।
गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए । उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’