पोखरा । गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् ।
दुई वर्ष अघि सिद्धार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको सफलता पछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा स्वरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए । उद्घाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ ।
केसीले ग्राहकको सहज सुविधाका लागि आफुहरुले गोल्डस्टारको नयाँ स्वरुम खोलिएको जानकारी गराए । एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता बिक्रिवितरण गर्ने लक्ष्य केसीको छ । नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम संचालनमा आएको हो ।
केसीले गोल्डस्टार सबै उमेरसमुहको रोजाई भएको बताए । बाहिर भन्दा गोल्डस्टारकै स्वरुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाई छ । गोल्डस्टारको पोखरामा राम्रो मार्केट रहेको उनले जानकारी गराए । केसीले भने, ‘गोल्डस्टार जुत्ता पहिले एकै ठाउँमा पाइदैन्थ्यो । अहिले एकै ठाउँबाट ग्राहकले सेवा लिने अवसर पाएका छन् । त्यसैले पोखराको मार्केट राम्रो छ ।’
दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्रीवितरण हुने गरेको केसीले बताए । उनले स्वरुममा कम्पनीले नै तोकेको दर रेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए । उद्घाटनका अवसरमा पौष २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त स्वरुम संचालनमा आएको हो ।
गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए । उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते