गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बाग्लुङ बजारमा आयोजित ओली समूहको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलामा प्रचण्ड र नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन्। तिनै दुई नेताको पद लोलुपताले नेकपा विभाजनको सँघारमा पुगेको पनि बताए। साथै, उनले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुन पनि बताए।
मुख्यमन्त्री गुरुङले पार्टीको निर्वाचित अध्यक्षलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ समेत गरे। ‘जसले सिमाना मिचिंदा आवाज उठायो, जसले गुमेको जमिन फिर्ता ल्यायो त्यसविरुद्ध गोलबद्ध हुनु भनेकै देश द्रोह हो,’ उनले भने, ‘विधि र पद्धति मिचेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेपछि संसद भंग गरेर नयाँ जनादेशका लागि जानुपरेको हो।’
प्रधानमन्त्री निर्वाचित हुँदा ६४ प्रतिशत सांसदको समर्थन रहेकाले बाँकी मतले सरकार बनाउन नसक्ने भएपछि प्रधानमन्त्रीले संसद भंग गर्नु परेको मुख्यमन्त्री गुरुङले दाबी गरे। उनले पार्टीको संसदीय दलमा छलफल नगर्ने, संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको बताए।
सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो