हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ ।
माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ । माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार विक्री वितरणको लागि पर्याप्त मात्रामा राखिएका पनि हुन्छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार व्यवसायिक चाकु उत्पादन गर्ने संस्था विभागमा दर्ता भएका छैनन् । यसैकारण यस्ता खाद्य पदार्थको गुणस्तरमा यकिन हुन सकिने अवस्था भने छैन । तर, परम्परादेखि उत्पादन गरिदै आएको खाद्य पदार्थ भएकोले गुणस्तरहीन हुन्छन् भनेर आरोप लगाइहाल्न मिल्ने अवस्था पनि छैन ।
गुलियो तथा अमिलो खाद्य पदार्थ आफैमा सुरक्षित खाद्यपदार्थ भएकाले यसको विग्रिने सम्भावना अति हुन्छ । सखर तथा चिनीलाई पकाएर बनाउने चाकुको गुणस्तरमा विभागले हालसम्म बजारमा अनुगम गरेको छैन ।
काठमाडौं उपत्यकामा धेरै चाकु उत्पादन हुने स्थान टोखा हो । टोखामा माघे संक्रान्तिताका धेरै परिमाणमा चाकु उत्पादन हुने गर्छ । घरमा नै बनाउने आफ्नै प्रक्रिया भएकोले पनि यसको विश्वनियता बढ्दै गएको छ र पछिल्लो समय चाकुलाई नेपाली चक्लेटको रुपमा ब्राण्डिङ गर्ने प्रयास पनि भएको छ ।
बजारमा माघे संक्रान्ति तथा नेवारहरुको यमुरी पूर्णिमाको दिन चाकुको प्रयोग धेरै हुने भएपनि हालसम्म कुनै गुनासो नआएको विभागको भनाइ छ ।
पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ ।
गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ । जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ । चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ । सखर र पानीबाट बन्ने चाकुमा कार्बोहाइड्रेड प्रशस्त मात्रामा हुन्छ ।
त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ ।
शरिरलाई ताप प्रदान गर्नका लागि घ्यू सन्तुलित मात्रामा प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो ।
सम्बन्धित खबर
सुरु भयो छठ पर्व, आज नहाय खाय
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
पोखरामा भाइटीका महोत्सव: १२ देशका ५६ पर्यटकले लगाए भाइटीका
आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा
तिहारको भाइटीका उत्तम साइत ११ बजेर ३७ मिनेटमा
कात्तिक शुक्ल प्रतिपदा : म्हः (आत्म) पूजा
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु