सोमबार घरबाट हिंडेकी कास्की माछापुछ्रेकी १८ वर्षीया ममताको जंगलमा शव फेला

सोमबार घरबाट हिंडेकी कास्की माछापुछ्रेकी १८ वर्षीया ममताको जंगलमा शव फेला

Death dead

सांकेतिक तस्विर

पोखरा – कास्की माछापुछ्रेकी १८ वर्षीया युवती जंगलमा मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार बिहान अन्दाजी ८ बजेको समयमा घरमा कसैलाई नसोधी निस्किएकी माछापुछ्रे गाउँपालिका वडा नं -८ निवासी ममता गुरुङ मंगलबार दिउँसो १२:३० बजेको समयमा जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार युवतीले घरमा परिवारका सदस्यलाई जानकारी नगराई वेखबर भए पश्चात खोजी गर्दै जाने क्रममा आज सोही स्थानकै जंगलमा मृत अवस्थामा युवतीको दाजुले फेला परेका हुन् ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ