भारतबाट थप १५ मेगावाट विजुली आयत गरिने

भारतबाट थप १५ मेगावाट विजुली आयत गरिने

electricity

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।

यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।

प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रति युनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) पर्छ ।

नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट ९करिब १६ मेगावाट० विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ