पर्यटकीय गन्तव्य गण्डकी प्रदेशको राजधानी पोखरालाई मनोरञ्जनको हब बनाउन अन्तर्राष्ट्रिय स्तरको फरेस्ट स्पोर्टस् एण्ड रिक्रियशन सेन्टरमा आउँदो माघ ४ गते (जनवरी १७), आइतबारको दिन विशेष सांगीतिक साँझ आयोजना गरिएको छ ।
मनोरञ्जन र खेलको एकसाथ मज्जा लिनका लागि पोखराको लेकसाइड बुलौदी स्थित पुष्पलाल पार्कमा रहेको फरेस्ट स्पोर्टस् एण्ड रिक्रियशन सेन्टर पुग्न सकिनेछ । जहाँ सो साँझ लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीचको खेल बिग स्क्रिनमा हेरेर मनोरञ्जन लिन सकिनेछ ।
नयाँ वर्ष शुरु भएसँगै आफ्ना ग्राहकको मन जित्न विभिन्न कार्यक्रम गरिरहेको सेन्टरले जनवरी १७ मा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको सञ्चालक सुुवास खड्काले बताए ।
आइतवार साँझ लाइभ म्यूजिकको साथमा खेल हेर्दै पारिवारिक वातावरणमा भरपूर मनोञ्जन लिन सकिने उनले बताए । स्वच्छ र शान्त वातावरणमाा अवस्थित उक्त सेन्टर पोखरामा नयाँ टेस्ट दिने उद्देश्यले हालै सञ्लानमा आएको उनले बताए ।
कोरोना माहामारीको बीचमा स्वास्थ्य मापदण्ड पूरा गरेर कार्यक्रम सञ्चालन गरिने खड्कले बताए । खड्का भन्छन्ः ‘फराकिलो क्षेत्र, शान्त र निकै मनमोहक हरियाली जङ्गल बीचमा चराचुरुङ्गी तथा जनावर हेर्न पाइने तथा जहाँसुकै जुनसुकै ठाँउमा बसेर लाइभ म्यूजिकका साथम लाइभ ब्यान्ड, रेष्टुरेन्ट डिनर, स्विमिङ पुल तथा फुटसलको व्यवस्था गरिएकोले लाइभ म्यूजिक तथा गेमको भरपुर मनोरञ्जन लिन सकिनेछ ।’

आइतबार साँझ प्रयत्न श्रेष्ठको प्रस्तुतिमा पाहुना झुम्नेछन् । प्रयत्न युवामाझ निकै लोकप्रिय छन् र सोलो सिङरका रुपमा आफ्नो नाम चिनाउन सफल गायक हुन् । सेन्टरमा फुड, ड्रिन्क, लाइभ म्यूजिक, डिनर, युनिक मेनुको साथमा स्पोर्ट्स लन्च हुनुका साथै उक्त सेन्टरमा स्नुकर, पुल, फुटबल, लाइव्रेरी, इन्टरनेशनल स्विमिङ पुल तथा इन्टरनेशनल स्टयाण्डर्ड फुटसलको सुविधा सहित स्पोर्टस लभरहरुको लागि विशेष अफर सहित छुटको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु