बसन्त र रचनाको ‘भागुम मायालु’ सार्वजनिक (भिडिओ सहित)

बसन्त र रचनाको ‘भागुम मायालु’ सार्वजनिक (भिडिओ सहित)

bhm2

तनहुँ । तनहुँका गायक बसन्त विश्वकर्माको नयाँ गीत ‘भागुम मायालु’ सार्वजनिक भएको छ ।

युवा लोक तथा दोहोरी गायक बसन्तले शुक्रबार सार्वजनिक गरेका गीत ‘भागुम मायालु’ मा प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिका बीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।

समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा बसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । बसन्त विश्वकर्माकै शब्द अनि संगीत रहेको गीतको एरेन्ज कृष्ण विक (भान्जा)ले गरेका हुन ।

भागुम मायालुको भिडिओमा सुनिसा बजगाई र दिप सागरले अभिनय गरेका छन् । बसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन ।

उक्त गीत बसन्त विश्वकर्माको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ । प्रत्यक्ष दोहोरीमा अब्बल गायक बसन्तका यस अघि ‘कुखुराको भाले’, ‘नौजाले’, लगायतका गीतहरु चर्चित छन् ।

हेर्नुस भिडिओ :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ