पोखराको चिप्लेढुंगामा स्तरीय व्यवस्थापनसहित सेवा दिँदै आएको अग्रणी शैक्षिक परामर्शदातृ संस्था मिराकल ईन्स्टिच्युटले हरेक शुक्रबार आईईएलटीएस मोक् टेस्ट गराइरहेको छ । मोक टेस्टको सञ्चालन आईईएलटीएस टेस्टको तयारी कक्षा लिइरहेका तथा टेस्ट डेट बुक गरिसकेका विद्यार्थीहरुलाई राम्रो अंक हासिल गर्न सघाउ पुगोस् भन्ने हेतुले गरिएको संस्थाले जनाएको छ ।
उक्त मोक् टेस्टको परिक्षा वातावरण, आईईएलटीएसको वास्तविक परिक्षा वातावरण, प्रक्रिया, समयावधि र प्रविधिलाई ध्यानमा राखी दुरुस्तै हुने गरी व्यवस्थापन गरिएको छ । जसअनुसार आईईएलटीएसका सबै चार प्रकारका सिकाई मोड्युलहरु लिसनिङ, स्पिकिङ, रेडिङ्ग, राईटिङको वास्तविक समयअनुसार परिक्षा लिइने, ४ घण्टासम्म टेस्ट समय हुने, लिसनिङ टेस्टमा प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै वायरलेस हेडफोन उपलब्ध गराइने, सोहि दिन स्पिकिङ टेस्ट समेत लिइने संस्थाले जनाएको छ ।
विद्यार्थीको टेस्टको मूल्यांकन अनुभवी एवम् ब्रिटिश काउन्सिलका आधिकारिक प्रशिक्षकबाट गरी दुई दिनपछि आईतबार नै विद्यार्थीको रिजल्ट प्रकाशित गरिने र प्रत्येक विद्यार्थीका उत्तरहरुको सबल र दुर्बल पक्षको सूक्ष्म विश्लेषण गरी विद्यार्थीहरूलाई पृष्ठपोषण समेत प्रदान गरिने मिराकलले जनाएको छ ।
उत्कृष्ट स्कोर ल्याउने विद्यार्थीलाई आकर्षक गिफ्ट पनि प्रदान गरिने मिराकलले जनाएको छ । मोक् टेस्टबाट विद्यार्थीको आत्मविश्वासमा वृद्धि गराउने, समय व्यवस्थापनमा सघाउ पुर्याउने, क्षमता अनुरूप टेस्ट नतिजा ल्याउन मद्धत पुग्ने र आईईएलटीएस टेस्टसँग परिचित गराउन सहयोग पुर्याउने विश्वास मिराकालले लिएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन