प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफले विजयी सुरुवात गरेको छ ।आज शनिबार भएको खेलमा एपीएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रन बनाएको थियो । एपिएफका लागि आशिफ शेखले अर्धशतिकय पारी खेलेका थिए । उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । एपिएफकालागि सुवास खकुरेलले कप्तान शरद भेषवाकरले २० रनको योगदान दिए ।
यस्तै बसन्त रेग्मीले ४० रन बनाए । बलिङमा प्रदेश एकका फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवन यादवले दुई दुई विकेट लिए । २४४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश एक ४२ ओभर ४ बलमा १०८ रनमा अलआउट भयो । खराव सुरुवात गरेको प्रदेश एकले २८ रनमा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि ५३ रनमा दोस्रो विकेट खेर फालेको उसले ७६ रन बनाउँदा आठ विकेट गुमाएको थियो । प्रदेश एकका लागि दिपक पासवानले १३ रन बनाए भने मनिश थापाले १८, फिरदोस अन्सारीले १७ रनको योगदान दिए ।
यस्तै राजेश मगर तीन रनमा आउट हुँदा कप्तान सिद्धान्त लोहनी नौ रनमा पभेलियन फर्किए । बलिङमा एपीएफका अभिनाश बोहोराले पाँच विकेट लिए । उनले आफ्ना अन्तिम दुई ओभरमा चार विकेट लिएका थिए । यस्तै बसन्त रेग्मीले दुुई विकेट हात पारे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु