विभागीय टोली भित्रुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ए को खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । आर्मीले उद्घाटन खेलमा गण्डकीलाई ९८ रनल पराजित गरेको थियो । ब्याटिङमा अनिल मण्डलको अर्धशतक अनी स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि आर्मीले सहज जित हात पारेको हो ।
लगातार दोस्रो जितपछि साविक उपविजेता आर्मी ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर क्रिजमा टिक्न नसकेपनि अनिल मण्डलको अर्धशतक मद्दतमा १९५ रन बनाएको थियो । आर्मी ४३।१ ओभरमा अलआउट भएको थियो । १९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३।३ ओभरमा ११५ रनमै अलआउट भयो ।
कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३० रन बना भने हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीका स्पिनर जोडी सुशन भारी र शहाब आलम मिलेर ७ विकेट लिए । सुशनले ८।३ ओभर बलिङ गर्द ३ मेडन राखेर १९ रन खर्चँदै ४ विकेट लिए । यस्तै शहाबले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर ३ विकेट लिए ।
रोहित पौडेलले ५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । हरी चौहानले १ विकेट लिए ।
त्यसअघि आर्मीका अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए । ११४ बल खेलेका उनले १४ चौका प्रहार गर्दै बाउण्ड्रीबाट मात्रै ५६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ५५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४१ रन जोडे । पहिलो खेलमा विनोदले गण्डकी विरुद्ध शतक प्रहार गरेका थिए ।
यसबाहेक राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।
बलिङमा कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २-२ विकेट लिए । यस्तै युनिस सिंह र रवीन्द्र शाहीले समान १ विकेट लिए ।
- नेपाल पुलिसमाथि बागमतीको सहज जीत
काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबमाथि सात विकेटको सहज जीत हासिल गरेको छ ।
नेपाल पुलिसले प्रस्तुत गरेको ११२ रनको लक्ष्य बागमतीले मात्र तीन विकेटको क्षतिमा १ सय १४ रन बनाएर पूरा गरेको हो ।
सामान्य लक्ष्य पछ्याउने क्रममा ३५ रनमै आकाश थापा, आदिल खान र पारस खडकाको रुपमा तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको बागमतीको जितमा इशान पाण्डे र पृथु बाँस्कोटाले चौथो विकेटका लागि ७९ रनको साझेदारी गरेर जित सम्म पुर्याए ।
पाण्डेले १७ तथा बाँस्कोटाले ४८ रन बनाए । नेपाल पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले सामान एक एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २९ ओभर ३ बलमा मात्र १ सय ११ रनमा समेटिन पुग्यो ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेषले सामान २१र२१ रनको योगदान दिए । ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले सामान १७र१७ रनको योगदान दिए ।
पुलिसलाई सस्तोमै समेट्न बागमतीका लागि तिलक भण्डारी र नन्दन यादबले सामान चार चार तथा राम नरेश गिरीले दुई विकेट लिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’