बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो स्पेनिस सुपर कपकाे उपाधि, मेसीलाई रातो कार्ड

बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो स्पेनिस सुपर कपकाे उपाधि, मेसीलाई रातो कार्ड

messi

बार्सिलोना स्पेनिस सुपर कपको उपाधि जित्न असफल भएको छ । आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो ।

सेभिल्लाको मैदानमा भएको खेलमा ४०औं मिनेटमा एन्टोनि ग्रिजम्यानको गोलबाट बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । लगतै ४२औँ मिनेटमा बिल्बाओका लागि ओस्कार डी मार्कोसले बराबरी गोल गरे । त्यसपछि ७७औं मिनेटमा ग्रिजम्यानले अर्को गोल गरी पुनः टोलीलाई अग्रता दिलाए । तर खेल सकिनै लाग्दा बिल्बाओका आसिएर भिल्लालिब्रेले गोल गर्दा खेल बराबरी भएर अतिरिक्त समयमा धकेलिएको थियो।

३० मिनेट अतिरिक्त समय थपिएपछि लगतै ९३औँ मिनेटमा बिल्बाओका लागि इलाकी विलियम्सले गोल गरी बार्सिलोनालाई पछि पारे । त्यसपछि बाँकी समयमा बार्सिलोना खेलमा फर्किन सकेन।

खेलको अन्तिमतिर १२०औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाए ।एथ्लेटिको बिल्बाओले सन् १९८५ यता दोस्रो पटक उपाधि जितेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds