लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।
प्रदेश २ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २ र २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजाली र सौरभ खनालले अर्धशतकीय पारी खेले । सन्दीपले ८३ रन बनाए भने सौरभले ५६ रन बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । प्रदेश२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।
कर्णालीले गण्डकीलाई पाँच विकेटले हरायो
मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजीत रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धशतक बनाउन एक रनले चुके । राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कंडेलबाट क्याच भए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाम लेखाउँदा सुवास भण्डारीले १ विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२।३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए । विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए । यस बाहेकका खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङ तर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २÷२ विकेट निकाल्दा एक विकेट रबीन्द्र शाहीको नाममा रह्यो ।
जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौथो स्थानमा रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो