प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशको विजयी सुरुवात, कर्णालीले गण्डकीलाई पाँच विकेटले हरायो

प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशको विजयी सुरुवात, कर्णालीले गण्डकीलाई पाँच विकेटले हरायो

gandaki pradesh team

तस्बिर : क्यान

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २ र २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजाली र सौरभ खनालले अर्धशतकीय पारी खेले । सन्दीपले ८३ रन बनाए भने सौरभले ५६ रन बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । प्रदेश२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए ।

कर्णालीले गण्डकीलाई पाँच विकेटले हरायो

मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजीत रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धशतक बनाउन एक रनले चुके । राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कंडेलबाट क्याच भए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाम लेखाउँदा सुवास भण्डारीले १ विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२।३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए । विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए । यस बाहेकका खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङ तर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २÷२ विकेट निकाल्दा एक विकेट रबीन्द्र शाहीको नाममा रह्यो ।

जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ