कोभिडका कारण सुनसान बनेको नाटक घरमा चहलपहल सुरु भएको छ । नाटक सम्बन्धित संस्थाले देशभर माघ १ देखि नै नाटकघर खोल्न सुरु गरेका छन् । पोखरेलीले पनि चैतदेखि नाटक हेर्न पाउनेछन् । त्यसअघि भर्चुअल रुपमा पोखरा थिएटरले गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव गर्दैछ । यस नाटकमा छनौट भएका उत्कृष्ट ४ नाटक थियटरमै मञ्चन गरिने जनाइएको छ ।
गतवर्ष पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुबीच गरिएको नाटक महोत्सव यस वर्षबाट प्रदेश स्तरीय रुपमा गर्न लागिएको पोखरा थिएटरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । महोत्सव भर्चुअल माध्यमबाट नाटकको आवेदन आह्वान, छनोट लगायतका कार्यहरु हुने महोत्सव निर्देशक परिर्वतन कार्कीले जानकारी दिए ।
परिवर्तनका अनुसार छनोट भएका उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने र ती नाटक पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने छ भने थिएटरको अफिसियल युट्युव च्यानलमा पनि राखिने छ । नाटक महोत्सवमा प्रथम हुनेले नगद ५० हजार र प्रमाण पत्र, द्धितिय हुनेले २५ हजार , तृतिय हुनेले १२हजार ५०० र सान्त्वना हुनेले ५ हजार र प्रमाण पत्र पाउने छन् ।
नाटक महोत्सवमा सहभागी हुन इच्छुक विद्यालयले भोलिमाघ ७ गतेदेखि माघ २८ गतेसम्म नाटकको भिडियो पठाइसक्नु पर्ने आयोजकले जनाएको छ ।
नाटकमा प्रस्तुति एकल हुनुपर्ने,नेपाली नाटक हुनुपर्ने, नेपाली भाषा वा साङकेतिक भाषाको पनि प्रयोग गर्न पाइने छ । त्यस्तै, कुनै पनि जाति, सम्प्रदाय, धर्म , संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मुल्याङकन प्रक्रियामा सहभागी नगराइने जनाइएको छ ।
नाटकको समयावधि घटिमा १० देखि बढिमा १५ मिनेटसम्मको हुनुपर्ने , नाटकलाई भिडियो खिचेर पठाउनुपर्ने, भिडियो स्पष्ट र गुणस्तरयुक्त हुनुपर्नेछ । महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यमिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने आयोजकले बताएको छ ।
लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयम् वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने, नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्र पनि समावेश गर्नुपर्नेछ ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा