पोखरा – कास्की प्रहरीले चोरीका गहना सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं -११ स्थायी घर भई हाल पोखरा -२६ विजयपुर बस्ने २६ वर्षीय किशोर शर्मा रहेका छन् ।
प्रहरीका अनुसार गत माघ ६ गते दिउँसो १२ :३० बजेको समयमा पोखरा -५ धारापानी मार्ग डेरा गरी बस्ने गिता भुजेलको कोठाको चावी र दराज फोडेर दराजमा रहेको औंठी, सिक्री, मंगलशुत्र लगायतका विभिन्न सुनका गरगहना तथा धनमाल चोरी भएको थियो । चोरी भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धान पश्चात शर्मालाई चोरीका सामान सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका शर्माको साथबाट प्रहरीले हरियो पोते सहितको सुनौलो रंगको ३९.४ लाल तौलको छड्के तिलहरी १ थान, रातो पोते सहितको सुनौलो रंगको ८७.१ लाल तौलको मंगल शुत्र १ थान, रातो पोते सहिको सुनौलो रंगको २.४ लाल तौलको सानो तिलहरी १ थान, रातो पोते सहितको सुनौलो रंगको १४.५ लाल तौलको माईली तिलहरी १ थान, रातो पोते सहिको सुनौलो रंगको सानो २५ लाल तौलको मंगल शुत्र १ थान, सुनौलो रंगको ५ लालको छापे औंठी १ थान, सुनौलो रंगको ६९.५ लाल तौलको सिक्री १ थान, सुनौलो रंगको सानो १० लाल तौलको मुन्द्रा १ थान, ग १३ प ३७४७ नंवरको रातो विइगो स्कुटर १ थान, फलामको रड १ थान, कम्पास जस्तो देखिने फलामको टुक्रा १ थान र मोबाईल सेट २ थान वरामद गरेको छ ।
उनी विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ