पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

deathh corona

File Photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ