पोखरा । आगामी माघ १७ गते शनिबार सुजुकी ब्राण्डका गाडी खरिदमा ग्राहकले विशेष अफर पाउने भएका छन् । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको विक्रेता बतास ब्रदर्श प्रालिमा सुजुकी गाडी खरिदमा छुट पाइनेछ ।
नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पोखरासहित देशभरका सबै ३८ वटा डिलरसिपमा माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ को अफर लागु गर्ने भएको हो । सो अफर माघ १७ गते एक दिन मात्रै हुनेछ ।
‘सुपर स्याटरडे’ अन्तर्गत सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । बतास ब्रदर्श मारुती सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीका अनुसार ग्राहकहरुले सो दिन अधिकतम दुई लाख रुपैयाँसम्म नगद छुट र एक लाखसम्मको सुपर स्याटरडे नगद छुट ,एक वर्ष सम्म इन्सुरेन्स साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् । ।
बतासले यसअघि दशैँ तिहारलाई लक्षित गरी ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको थियो । कम्पनीले अहिलेसम्मकै धैरै नगद छुट सहितका अन्य सुविधा सहित सो अफर सफलतापूर्वक सम्पन्न गरेकोमा अहिले ‘सुपर स्याटरडे’ स्कीम ल्याएको हो ।
नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको गाडी बिक्री गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते