माघ १६ गते शहिद दिवस । यस अवसरमा शहिदका सम्मानमा देशभर विभिन्न कार्यक्रम आयोजना भए । पोखरामा पनि विभिन्न संघ संस्थाले दीप प्रज्वलन गरी शहिदहरुको स्मरण गरेका छन् ।
दाह्री ग्याङ पोखराद्वारा सहिदहरुको सम्झनामा पोखरा महानगरपालिकाले पोखरा १८, जामुनबोटमा निर्माण गरेको राष्ट्रिय विभूति तथा शहिद पार्कमा दीप प्रज्वलन गरिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि प्राण आहुती दिने शहिदहरुप्रति सम्मान व्यक्त गर्दै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्झना र वीरहरुको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ ।

एक मिनेट मौन धारण गरेर शहिदहरुलाई सम्झना पनि गरिएको संयोजक अभिमन्यू पाण्डे (विक्रम) ले जानकारी दिए । संस्थापक संयोजक शेखर गौतम, निवर्तमान संयोजक बसन्त पहारी, सहसंयोजक बसन्त मिश्र लगायत दाह्री ग्याङ मेम्बरहरुले मैन बत्ती बालेर शहिदहरुको स्मरण गरेका थिए ।

विभिन्न पेशा व्यवसायमा रहेर पोखरामा सक्रिय रहेका दाह्री सौखिन युवाहरुले निःस्वार्थ भावनाका साथ मानविय सेवामा समर्पित रही विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
तस्वीरः वीरेन्द्र पराजुली
सम्बन्धित खबर
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
पोखरामा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइँदै
भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा