पोखरा । वडा प्रहरी कार्यालय, बैदामको प्रमुखको जिम्मेवारी सम्हाल्न हालै पोखरा आएकी प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङलाई धादिङका दिदीबहिनीले स्वागत गरेका छन् ।
धादिङमा जन्मिएकी डिएसपी तामाङलाई पोखरास्थित धादिङका दिदीबहिनीहरुको संस्था धादिङ त्रिपुरा बाराही महिला समूहले शनिबार एक कार्यक्रमका बीच स्वागत गरेको हो । पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यालय बैदाममा ईञ्चार्जको जिम्मेवारी सम्हालेकी उनी पहिलो महिला पनि हुन् ।
उक्त अवसरमा डिएसपी तामाङले धादिङबासीलाई हर दुःखमा आफ्नो क्षेत्रबाट साथ दिने भन्दै हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाइन् । सहकार्य र सहयोग एकआपसमा सदैव रहने उनले स्पष्ट पारिन् । आफ्नै जिल्लाबासी दिदीबहिनीहरुबाट स्वागत र सम्मान पाउँदा निकै खुसी लागेको उनको भनाई छ ।
कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले पोखरामा धेरै धादिङवासी रहेको भन्दै डिएसपी तामाङको आगमनसंगै जिल्लावासीका विभिन्न समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समूहकी अध्यक्ष बबिता मल्लले धादिङकी चेली आज पोखराको पर्यटकीय क्षेत्र वडा प्रहरी कार्यालय बैदामको प्रहरी प्रमुखको रुपमा पाउँदा निकै खुसी ब्यक्त गर्दै उनको पोखराको बसाईं सुखद् रहोस् भन्दै कामना पनि गरिन् । पर्यटकीय क्षेत्रको शान्ति सुरक्षामा पहिलोपल्ट महिला इञ्चार्ज पाएकोमा महिलाहरुको थप सुरक्षामा महत्वपूर्ण भूमिका रहने विश्वास पनि उनको छ ।
कार्यक्रममा धादिङ लेकसाइड पारिवारिक समाजका अध्यक्ष माधव लम्साल, समूहकी निवर्तमान अध्यक्ष हीरा सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष बिन्दा धरेल र सञ्चालन सचिव निर्मला पाठक थपलियाले गरेकी थिइन् ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ