श्री पाङ धैरेनी मा. वि. को ६१ औँ वार्षिकोत्सब सम्पन्न

श्री पाङ धैरेनी मा. वि. को ६१ औँ वार्षिकोत्सब सम्पन्न

143855327_225815152577392_5716160086343571125_n

पर्वत ।

श्री पाङ धैरेनी मा वि काे वार्षिकोत्सब सम्पन्न भएकाे छ । ६१ औँ वार्षिकोत्सब काे अवसरका आयाेजित विविध अतिरिक्त क्रियाकलपकाे पुरस्कार वितरण मूल समाराेहमा वितरण गरिएकाे हाे ।

यसै कार्यक्रममा अरूण अक्षय काेष बाट करिव ८० हजार बरावरकाे छात्रवृत्ति संस्थापक श्री राम्जी रिजाल र वि व्य स अध्यक्ष स्वस्थानी रिजाल बाट वितरण गरिएकाे थियाे । उक्त अक्षय काेषबाट बचत भएकाे रू १,०१००० रूपैयाँ विद्यालयकाे कल्याणकारी काेषमा जम्मा गरिएकाे छ । त्यस्तै गरि लक्ष्मी हरिवन अक्षय काेष बाट प्रदान गरिने छात्रा विशेष छात्रवृत्ति पनि वितरण गरिएकाे छ ।

कु न पा १, का वडा अध्यक्ष श्री देवेन्द्र प्रसाद सुवेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकाे हितलाई मध्यनजर गर्दै पूर्व वि व्य स अध्यक्ष तथा समाजसेवी श्री तेजनाथ रिजाल तथा गाैरी रिजालबाट अक्षय काेषकाे स्थापना गरिएकाे छ । त्यस्तै गरि गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयाेग प्रदान गर्ने उद्देश्यले समाजसेवी नर्वदा चापागाईंद्वारा पनि अक्षय काेषकाे स्थापना गर्नु भएकाे छ ।

उक्त समारोहमा पाेर्चुगलमा कार्यरत भू पू विद्यार्थीहरूबाट संकलित रकम विज्ञान रिजालबाट विद्यालयकाे सदा हितकाे कामना सहित हस्तान्तरण गर्नुभएकाे छ । उता पुर्व वि व्य स अध्यक्ष तथा समाजसेवी श्री फणीन्द्र नाथ पाैडेलले आफ्नाे छाेराकाे विवाहकाे फजुल खर्च कटाइ विद्यालयलाई रू ५०,००० सहयाेग गर्नुभएकाे छ । कार्यक्रममा विद्यार्थी साेनु रिजाल, विद्या सापकाेटा, देवकी सुवेदी तथा शिक्षक श्री निलकण्ठ पाैडेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

कार्यक्रममा खुशी परियार लगाएतकाे समूहले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि मनाेरञ्जन प्रदान गर्नुभएकाे थियाे । जन्माेत्सवकाे खर्च कटाइ विद्यालयकाे हितमा रू १०,००० प्रदान गर्ने प्रमुख अतिथि देवेन्द्र सुवेदीले बताउनु भयाे । त्यस्तै गरि वि व्य स अध्यक्षले विद्यालय सुधारकाे लागि थाेरै गरेकाे र धेरै गर्न बाँकी रहेकाे कुरा उल्लेख गर्दै सबै एकताबद्ध भएर विद्यालयकाे उन्नयनमा लाग्नुपर्ने कुरामा जाेड दिनु भयाे । साथै आफ्नाे नातिनीकाे जन्माेत्सवकाे अवसरमा रू ७५०० विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ ।

अरूण अक्षयकोष का संस्थापक तथा सल्लाहकार राम्जी रिजालले विद्यालयकाे उन्नयनमा हरेक विद्यार्थीले जन्माेत्सवमा अनावश्यक खर्चलाई कटाैती गरि विद्यालय काेषमा जम्मा गर्नु पर्ने बताउनुभयाे । कु न पा १ स्थित वन समूहबाट पनि विद्यालयलाई रू १०१००० प्रदान गर्ने वन समिति अध्यक्ष टेकबहादुर सुवेदीले जानकारी दिनुभयाे । विद्यालयकाे आय व्यय तथा प्रगति प्रतिवेन विद्यालयका प्रधानाध्यापक गुणराज पाैडेलले प्रस्तुत गर्नु भएकाे उक्त कार्यक्रमकाे सञ्चालन शिक्षक जयराम सुवेदीले गर्नु भएकाे सुचना अधिकारि शिक्षक बिजय गौतम ले बताउनुभयो !

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ