पोखरा । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ ।
साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गरे ।
कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा पे्रमिल साहित्यको अध्यायको शुरुआत भएको बताए। रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गरिन् । ‘पाेखरामा १८ वर्षकाे कलिलो उमेरमै अङ्ग्रेजी भाषामा उपन्यास लेख्ने सायद प्रथम उपन्यासकार हुन् सुप्रिया’ – उनको भनाई छ ।
नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गरे । कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताईन्।
विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाइन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो