आज कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

आज कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

neb

राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले अहिले बिहान १० बजे बैठक बोलाएको छ ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा अन्तत आज प्रकाशित हुने लगभग पक्का भएको हो ।

महामारीका कारण निकै ढिलो गरी सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा ढिलाइ भएको थियो ।

कार्यविधिमा तोकिए जसरी परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा समयमा नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले बताउँदै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds