पोखरा । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।
सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिका अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरेको कांग्रेसका कास्की प्रवक्ता नवीन सिग्देलले बताए । पोखरा चिप्लेढुंगाबाट सुरु भएको विरोध सभा विपीको शालिक परिक्रमा गरि महेन्द्रपुलमा पुगेर विरोधसभामा परिणत भएको उनले बताए ।
केपी र प्रचण्डबाट हैरान हुनुभयो, अब कांग्रेसमा स्वागत छ: नेता शर्मा
नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नेकपाका कार्यकर्ताहरुलाई काँग्रेसमा स्वागत गरे । उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकर्ताहरु हैरान भएकाले अब काँग्रेसमा आउन स्वागत गरिने बताए ।
कम्युनिष्टले प्राप्त गरेको बहुमतले लोकतन्त्रमाथि नै खतरा भएको शर्माको भनाई छ । जनताको पक्षमा पटकपटक आन्दोलन गरेको कांग्रेस कम्युनिष्ट नामक तानाशाहसँग नझुक्ने भन्दै कांग्रेस पुनः एकपटक आन्दोलनमा होमिएको बताए ।
पोखरामा भएको विरोधसभामा कांग्रेसका जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए । सभालाई कास्की कांग्रेस, तरुण दल, नेविसंघ, मुस्लिम, दलित, मगर संघलगायतका नेताले सम्बोधन गरेका थिए । नेपाल महिला संघ कास्कीको अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको थियो ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ