गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रत्येक बिहानीको मिरमिरे उज्यालो किरणसंगै उदाउने नयाँ सिर्जनाले जिन्दगीलाई सार्थक तुल्याउदै रमाई रमाइरहेकी छन् देशकै पहिलो र एकमात्रै वनस्पति चित्रकार मिलन शेरचन । समय मिलाएर मौषम अनुसारको झारपात संकलन गर्नु, सुकाउनु, उठाउनु, रंगाउनु अनि त्यही झारपातलाई आकर्षक तरिकाले क्यानभासमा जीवन्त दिनु शेरचनको दिनचर्या हो ।
पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित उनको निवासमा प्रबेश गर्नसाथ आँगनमा टन्न झारपात सुकाईएका र कार्टनु र बोराहरुमा ब्यवस्थित गरिएको देख्न सकिन्छ । लामो समय टिक्ने, सुकेपछिपनि कपडा जस्तै झट्ट नच्यातिने चिउरे घाँस, बावियो, सिरु, बाह्रमासे फूलका पातहरु लगाएत उहाँको कलामा बढी प्रयोग हुने बनस्पति तथा झारहरु हुन् । यता बरण्डा, बाथरुम, ट्वाईलेट लगाएतमा भने हातले चिटिक्क पारेर बनाइएका फुलका गमला टोकरी र भित्ताभरी चित्रहरु टाँसिएको देख्दा लाग्छ कुनै चित्र संग्रालयमा प्रवेश गरेका छौँ ।
बुबा झपट बहादुर भट्टचन र आमा यम कुमारी भट्टचनको कोखबाट २०२१ साल फाल्गुन २१ गते पोखरा स्थित गणेशटोल नालामुखमा कान्छी छोरीका रुपमा उनको जन्म भएको थियो । उनको हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहरियाटोलस्थित दरबारमा सीतारावादक र तवलाबादक थिए । बुबा पनि हस्तकलामा पोख्त थिए ।
कला र संगीतमा पारिवारिक पृष्ठभूमि भएरपनि होला उनमा पनि सानैदेखि शिर्जनशीलतामा लगाव बढदै गयो । उनी चित्रकलामा मात्र नभै साहित्य र संगीतमा पनि उत्तिकै रुचि छ । विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उनीलाई पुरस्कृत गर्यो । त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाइन् । उनको ऊर्जा झनै बढ्यो । त्यसपछि पोखराका स्थापित कलाकारसँग उनको संगत बढ्दै गयो ।
कलाकार बुद्धि गुरुङले उनँलाई चित्रकलाको बारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो । यही हौसला कै कारण उनले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । सोहि समयदेखि उनले ब्यवसायिक रुपमै क्यानभासमा चित्रहरुलाई जीवन्त दिन थालिन् । यही प्रेरणाले उनले पोखरा र काठमाण्डुमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । सामूहिक चित्रकलामा भने उनले दर्जनौँपटक सहभागिता जनाइसकेकी छन् ।
ठुलो दाई डा.कृष्ण बहादुर भट्टचन अमेरिका अध्ययनको सिलसिलामा रहदा उनले पनि अमेरिका जाने मौका पाइन् र २०४७ सालमा अमेरिका प्रस्थान गरिन् । अमेरिका बसाईको १८ महिनापछि उनी जापान गएका थिए ।
जापानको ५ बर्षे बसाईको अवधिले नै उनलाई ब्यवसायिक चित्राकार बनाएको हो । जापान बसाईका क्रममा साईतो भन्ने साथीसंग एउटा कलाप्रदर्शनीमा पुगिन् ।
सोही कलाबाट प्रभावित बनि अठोट गर्नु गरिन्, यो कला सिकेर आफनै देशका नागरिकलाई पनि सक्षम चित्रकार बनाउँछु भनेर । १ घण्टाको १० हजार शुल्क तिरेर नोहारा उमि नामक जापानिज गुरुआमाबाट २ दिनमा चारपटक हानानो ओसिबाना तालिम लिएकी थिइन् । हानानो ओसिबाना जापनिज शब्द हो, यसलाई नेपालीमा सुकाइएका बनस्पति अर्थात झारहरुलाई क्यानभासमा कलात्मक चित्र बनाउनु हो ।
प्रयोगात्मक सिपमा विश्वास गर्ने देश जापानमा सिकेको उक्त हानानो ओसिबाना सिपले नै उनलाई अहिले कला क्षेत्रमा फरक पहिचान बनाउन सफल बनाएको छ । जापान बसाई कै क्रममा २०५१ सालमा मुस्ताङ्ग लेते पुखौली थलो भएका सत्यनारायण शेरचनसंग उनको विवाह भएको थियो । २०५१ सालमा नेपाल फर्किएर उनी अहिले एक छोरा र एक छोरी गरि ४ जना सुखी परिवारसंगै आफ्नो कलालाई निरन्तरता दिइरहेकी छन् । भन्छिन्, मेरो नशा नशामा सिर्जनशीलताको रगत बगिरहेको छ ।
चित्रकार मिलनको हँसिलो र मिलनसार स्वभाव उनको नामसंग ठ्याक्कै मेल खान जान्छ । साथीभाई ईष्टमित्रहरुसंग छिट्टै घुलमिल भएर सदावहार मित्रवत् सम्बन्ध कायम गर्ने सक्ने उनको अर्काे कला हो । देशका विभिन्न तह र तप्काका ब्यक्तिहरुलाई देश, समाज, परिवार र व्यक्तिलाई सकरात्मक मार्गतर्फ दोहोराउने र खबरदारी गर्ने दायित्व हुन्छ ।
त्यसै क्रममा कलाकार शेरचनले नेपालको नक्सा सम्बन्धि पछिल्लो राष्टिय मुद्धालाई साथ दिदै लिपुलेक र कालापानीलाई समेटेर पिपलको पातबाट नेपालको नक्सा बनाएर कलाकारिता मार्फत आवाज उठाएकी छन् । यस बर्ष लकडाउनको समयमा उनले बनाएको लिपुलेकको बनस्पति चित्रले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट वि नेपाल विद्वत्वृत्ति समेत प्राप्त भयो । शेरचन दर्जन बढी संघ संस्थाबाट सम्मानित र पुरस्कृत भइसकेकी छन् । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समावेश छन् । जुन पुस्तकमा नेपालमा पहिलोपटक स्थापित फरक क्षेत्रका महान ब्यक्तित्वहरु पर्छन् । उनी पहिलो बनस्पति चित्रकारका रुपमा समावेश भएकी हुन् ।
त्यससंगै आफुले सिकेको सिपलाई हस्तान्तरण गर्नुपर्छ भन्ने हेतुले निशुल्क चित्रकला तालिम सिकाउने गरेपनि सिकिसकेपछि पलायन हुने गरेकोमा उनको गुनासो छ । अभाव, गरिबी र धनीले मात्रै यो पेशालाई अंगाल्ने भन्दापनि धैर्य र मेहनतमा विश्वास गर्ने मान्छे स्थापित हुने ठोकुवा गर्छिन् । मेहनतमा आत्माविश्वास र सिर्जनसिलतामा आर्थिक सशक्तता छ भन्ने एक उदाहरणीय पात्र हुन् उनी । उनले आप्mनो कलालाई २ सय देखि १० हजारसम्ममा विक्रि गर्ने गर्छिन् । कलाको मर्म बुझेर चिनेजानेको साथीभाईहरु घरमै आएर किनेर लैजान्छन भने विदेशबाट समेत अर्डर आउने गरेको छ ।
नयाँ सिर्जनासंग उदाउने उनको प्रत्यक विहानी चित्र बनाउनुसंगै अजकल कृत्रिम शालिग्राम तयार गरेकी छिन । हिन्दु धर्मानुसार शालिग्रामको निकै महत्व भएपनि नयाँ पुस्ता यसबारे अनविज्ञ छन्, त्यसैले कलाको माध्यमबाट यसको महत्व बुझाउन सकिन्छ कि भनेर प्रयास गरेको बताउँछिन् ।
सहज विकास र परिवर्तन गर्नका निम्ती स्थापित तिनै तहको सरकारबाट भने उनी खिन्न छिन् । केन्द्रिय, प्राद्शिक र स्थानिय तहले कला, साहित्य र सिर्जनालाई बेवास्ता गरेको भन्दै प्रत्यक कलाकारिता घर भित्रमात्रै सिमित रहेको गुनासो गर्छिन् । देशले महिला राष्ट्रपति पायो, नगरपालिकाले महिला मेयर पायो र वडाले महिला वडाध्यक्ष पायो तर महिलाहरुको कलासिर्जनाले कहिले महसुस गर्न नपाएको उनको गुनासो छ । हुन त सिर्जनशीलतामा लिंग हँुदैन तर सरकारले यस्ता खालका सिर्जनाहरुको पहिचान गरि उचित वाताबरण मिलाउन सक्यो भने देश परिवर्तन र विकासमा फड्को मार्ने निश्चित छ । उनी भन्छिन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा