आफ्नै घरको तीनतला माथिबाट खसेर पोखरामा एक व्यक्तिको मृत्यु

आफ्नै घरको तीनतला माथिबाट खसेर पोखरामा एक व्यक्तिको मृत्यु

khasera death

पोखरा – पोखरामा तीनतला माथिबाट खसेर घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

गत आइतबार अन्दाजी दिउँसो १२ :३० बजेको समयमा पोखरा महानगरपालिका -५ पर्स्याङ बस्ने ५५ वर्षीय भुपाल रेग्मी आफ्नै घरको तेस्रो तलाबाट अचानक भुँईमा खसी घाइते भएकोमा उपचारका क्रममा आज फेवासिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार रेग्मी खसे लगत्तै तत्काल उपचारका लागि पश्चिम क्षत्रीय अस्पताल लगिएपनि अस्पतालले आइतबार नै फेवासिटी रिफर गरेकोमा फेवासिटीमा उपचाररत उनको आज दिउँसो अन्दाजी ३ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ