पोखरा । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा कृयाशिल ४२ जना पर्यटन व्यवसायीका लागि चिनीया भाषा कक्षा तालीम सोमबारदेखि सुरु गरेको छ ।
नेपाल आउने चिनीया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनीया भाषा कक्षा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् ।
तालीमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनीया भाषा कक्षा तालीम बहुउपयोगी बन्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा नेपाल पोखरा ओभर्सिज चाइनिज एशोसिएसनका सचिव सियान् ससुवा, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टा पूर्व अध्यक्ष परिषद्का सह संयोजक पशुपति पाण्डे, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थानका लागि सरकारको पर्यटनमैत्री नीति आवश्यक हुनेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन