प्रधानमन्त्रीले आमसभा गर्ने दिन लाइसेन्सको लिखित र ट्रायल नहुने

प्रधानमन्त्रीले आमसभा गर्ने दिन लाइसेन्सको लिखित र ट्रायल नहुने

driving license trial

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आयोजना गर्न लागेको यही माघ २३ गतेको आमसभाका लागि भन्दै ट्राफिक प्रहरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल रोक्न परिपत्र गरेको छ ।

२३ गतेको आमसभामा भीभीआईपी, भीआईपीको सवारी हुने भएकाले व्यवस्थापनमा अधिकतम जनशक्ति आवश्यक देखिएको भन्दै ट्राफिकले २३ गतेको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकेको बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका चारवटै यातायात व्यवस्था कार्यालयलाई गरेको परिपत्रमा सोहीअुनसार व्यवस्था गर्न भनिएको छ ।

ट्राफिकको पत्र पाएपछि यातायात कार्यालयले ट्रायल र लिखित रोकिएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ