पोखरा नजिकै केन्द्रबिन्दु बनाई भूकम्प !

पोखरा नजिकै केन्द्रबिन्दु बनाई भूकम्प !

Earthquake vector frequency wave graph, seismic activity

पोखरा नजिकै केन्द्रबिन्दु बनाई  भूकम्प गएको छ । ९ बजेर ५९ मिनेटमा  भूकम्प गएको हो । नेपाल, भारत र अमेरिकी भूगर्भ विभागको तीन थरी रिपोर्ट प्रकाशित भएको छ ।

पोखरादेखि ४४ किमि उत्तर केन्द्र बनाई ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको ईण्डिया मेटोरोजिकल डिपार्ट, न्यू दिल्लीले जनाएको छ । भूकम्पको गहिराई १५७ किलोमिटर रहेको छ ।

भुकम्पको धक्का पोखरा र आसपासका क्षेत्रमा महशुस गरिएको थियो । यद्यपी कुनै क्षति भएको रेकर्ड भने छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भने मनाङको नारमा केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी ढिलो गरी १० बजेर २७ मिनेटमा दिएको छ ।

यस्तै, अमेरिकी भूगर्भ विभागका अनुसार चित्रेलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • अद्यावधिक गरिएको ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ