डब्लूआरसीमा आंशिक शिक्षकहरु संघर्षमा उत्रिए, समिति गठन

डब्लूआरसीमा आंशिक शिक्षकहरु संघर्षमा उत्रिए, समिति गठन

WRC New

डब्लूआरसीको नयाँ भवन तस्वीरः राजकिरण छत्कुली

पोखरा । ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा अध्यापनरत आंशिक शिक्षकहरु माग पूरा नभएकोमा आन्दोलित भएका छन् । पूर्णकालीन करारमा नियुक्तिको मूख्य माग राख्दै उनीहरुले संघर्ष समिति नै गठन गरी क्याम्पसमा दबाब दिएका छन् । माग पूरा नभए कडा संघर्षमा उत्रने बाध्य हुने चेतावनी पनि दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय, आंशिक प्राध्यापक संघ वार्ता समितिका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरुबीच आंशिक प्राध्यापकले उठाएका मागहरु सम्बन्धमा गत पुस २४ गते छलफल हुँदा त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नेे लगायतका विभिन्न निर्णयहरु भएपनि सो पूरा नभएको उनीहरुको ठहर छ ।

आफ्ना मागहरु पूरा गराउन पश्चिमाञ्चल क्याम्पस प्रशासन विभिन्न कारण देखाएर आनाकानी गर्दै आएकाले दबाब दिनका लागि आंशिक प्राध्यापकहरु एकीकृत भएर संघर्ष समिति नै गठन गरी अघि बढ्नुपरेको उनीहरु बताउँछन् ।

त्रिविका अन्य क्याम्पसहरुमा पनि आंशिक प्राध्यापकहरुको समस्या उही भएकाले उनीहरुसँग एक्येबद्धता गर्दै त्रिवि आंशिक प्राध्यापक संघ बार्ता समितिसँग पनि समन्वय गरी आगामी दिनमा आफ्ना मुद्धा थप सशक्त बनाउन दबाबमुलक कार्यक्रम आयोजना गरिने पनि आंशिक प्राध्यापकहरुको भनाई छ ।

क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरु डा. ईं दुर्गा बस्ताकोटी (मेकानिकल विभाग), ईं प्रकाश गिरी (मेकानिकल), ईं पूर्ण बहादुर पुन (ईलेक्ट्रिकल), ईं अश्विन मरहठ्ठा (ईलेक्ट्रिकल), ईं बिनोद काफ्ले (ईलेक्ट्रिकल), ई. विप्लब पोखरेल (इलेक्ट्रोनिक), ईं शुशिल अधिकारी (सिभिल एण्ड जियो.) साथै सोहि विभागका ई. सागर खरेल, ई. सन्दिप दुवाडी र ई. विक्रम पाण्डे रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राजकिरण छत्कुली

राजकिरण छत्कुली

छत्कुली गण्डकन्यूजका डाइरेक्टर हुन् ।

ट्रेन्डिङ