पोखरा । ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा अध्यापनरत आंशिक शिक्षकहरु माग पूरा नभएकोमा आन्दोलित भएका छन् । पूर्णकालीन करारमा नियुक्तिको मूख्य माग राख्दै उनीहरुले संघर्ष समिति नै गठन गरी क्याम्पसमा दबाब दिएका छन् । माग पूरा नभए कडा संघर्षमा उत्रने बाध्य हुने चेतावनी पनि दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय, आंशिक प्राध्यापक संघ वार्ता समितिका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरुबीच आंशिक प्राध्यापकले उठाएका मागहरु सम्बन्धमा गत पुस २४ गते छलफल हुँदा त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नेे लगायतका विभिन्न निर्णयहरु भएपनि सो पूरा नभएको उनीहरुको ठहर छ ।
आफ्ना मागहरु पूरा गराउन पश्चिमाञ्चल क्याम्पस प्रशासन विभिन्न कारण देखाएर आनाकानी गर्दै आएकाले दबाब दिनका लागि आंशिक प्राध्यापकहरु एकीकृत भएर संघर्ष समिति नै गठन गरी अघि बढ्नुपरेको उनीहरु बताउँछन् ।
त्रिविका अन्य क्याम्पसहरुमा पनि आंशिक प्राध्यापकहरुको समस्या उही भएकाले उनीहरुसँग एक्येबद्धता गर्दै त्रिवि आंशिक प्राध्यापक संघ बार्ता समितिसँग पनि समन्वय गरी आगामी दिनमा आफ्ना मुद्धा थप सशक्त बनाउन दबाबमुलक कार्यक्रम आयोजना गरिने पनि आंशिक प्राध्यापकहरुको भनाई छ ।
क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरु डा. ईं दुर्गा बस्ताकोटी (मेकानिकल विभाग), ईं प्रकाश गिरी (मेकानिकल), ईं पूर्ण बहादुर पुन (ईलेक्ट्रिकल), ईं अश्विन मरहठ्ठा (ईलेक्ट्रिकल), ईं बिनोद काफ्ले (ईलेक्ट्रिकल), ई. विप्लब पोखरेल (इलेक्ट्रोनिक), ईं शुशिल अधिकारी (सिभिल एण्ड जियो.) साथै सोहि विभागका ई. सागर खरेल, ई. सन्दिप दुवाडी र ई. विक्रम पाण्डे रहेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन