पोखरा – पोखराको टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुको अखेटोपहार बेवारिसे अवस्थामा फेला परेको छ ।
पोखरा महानगरपालिका वडा नं -१५ स्थित संस्थानको प्रयोगशाला भवनको प्रयोगशालामा राखेको वन्यजन्तुको अखेटोपहार चोरी भएको स्थानबाट अन्दाजी ४०० मिटर पश्चिम तर्फ बनपाले जंगलघाटको पँधेरोस्थित प्लाष्टिक, जुटको बोरा र कालो झोला भित्र बेवारिसे अवस्थामा चितुवाको छाला चार थान, चितुवाको दाँतहरु, हाड, चितुवाको दाह्रा २ थान लगायत हड्डीहरु फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उक्त अखेटोपहार चोरी गर्नेको पहिचान नभएपनि बरामद गरिएको उक्त समान वडा प्रहरी कार्यालय रामबजारमा ल्याएर थप अनुसन्धान गरिनुका साथै चोरीमा संग्लग्नहरुको खोजतलास भैरहेको प्रवक्ता प्रवक्ता हमालले जानकारी दिए ।
स्मरणिय छ, गत माघ ९ गते शुक्रबार राति वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको थियो ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते