गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहले आयोजना गरेको देशव्यापी आमहड्तालको प्रभाव पोखरामा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा संसद विघटन गरेको र संवैधानिक आयोगहरुमा असंवैधानिक ढंगले नियुक्ति गरेको विरोधमा सो समूहले बन्द आह्वान गरेको जनाएको छ ।
काठमाण्डौको गोंगबु क्षेत्रमा दुई जना यात्रु बनेर ट्याक्सी जलाएको घटना सार्वजनिक भएपनि पोखरामा अप्रिय घटना भने भएको छैन । कास्की प्रहरी हाई अलर्टमा बसेको जनाएको छ । चोक चोकमा बन्दकर्ताहरु छन् । उनीहरुले गाडी तथा बाइक चल्न रोकेका छन् । पसल खुल्न दिएका छैनन् ।
यसैबीच, केपी ओलीका समर्थकहरु भने बाइक र्याली गरेर बन्द विफल पार्न हिँडेका थिए । यस क्रममा पृथ्वीचोक, महेन्द्रपुल क्षेत्रमा तनावको अवस्था सिर्जना हुन लागेको थियो । प्रहरीले केपी समर्थकहरुलाई जहाँबाट आएको त्यहीं फर्काउन प्रयास गरिरहेका थिए । उनीहरु चोकमा बसेका केपी बिरोधी समूहलाई जिस्क्याउन पुगेका थिए । प्रहरीले भने झडपको अवस्था सिर्जना हुन नदिन माहौल नियन्त्रणमा लिन सफल भइरहेको छ ।
पोखराको महेन्द्रपुल र पृथ्वीचोकमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो । बन्दकर्ताले गुडिरहेको कारलाई लाठी हानेपछि प्रहरीले रोक्न खोजेको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले अहिलेसम्म कोहि कसैलाई नियन्त्रणमा नलिएको र अप्रिय घटना पनि नभएको बताएका छन् ।
कास्कीमा निजी केही गाडीहरु चले पनि सार्वजनिक गाडीहरु, विद्यालय, मूख्य बजारका पसलहरु बन्द छन् । विद्यालयहरुले परीक्षा सारेका छन् । उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् । बन्दकर्ताहरुले एम्बुलेन्स, बिरामी बोकेका ट्याक्सी, दूध तथा अत्यावश्यक मालबाहक गाडी, प्रेसका सवारी भने चल्न दिएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?