बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गरेका छन् । उहाँले पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गरेका हुन् । धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको महाशिलाको अध्ययन तथा अवलोकनका लागि पहिलोपटक जगतगुरु महाशिला गाउँपालिकामा आइपुगेका हुन् ।
उहाँले शिलाको परिक्रमा गर्दै नवनिर्मित संरचना र महाशिला गुरुयोजनामा समेटिएका विषयवस्तुका बारेमा जानकारीसमेत लिए। जगतगुरुले महाशिलाको महिमा वर्णनयोग्य रहेकाले आफूले प्रकाशन गर्न लागेको कृतिमा समावेश गर्ने बताए । उहाँले कालीगण्डकीको तटीय क्षेत्र तथा गण्डक क्षेत्रमा पर्ने हुँदा यो शिला पुज्न योग्य रहेकोसमेत बताए ।
जगतगुरुलाई महाशिलाको बारेमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, महाशिला संरक्षण तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुष्पराज पौडेललगायतले जानकारी गराए । जगतगुरु महाशिलाबाट फर्केर केही दिनका लागि पर्वतका पवित्र धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीमा बसेर प्रवचन दिने कार्यक्रम छ । उहाँले माघ २७ गतेसम्म कृष्णगण्डकी र शालिग्राम शिलाको बारेमा प्रवचन दिएँ।
महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको छ भने१०८ धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?