गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताएका छन् । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताए ।
विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे ।
इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पु¥याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पु-याउने उल्लेख गरे।
कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष शङ्कर बाँस्तोला, नेपाल फोटोग्राफर महासङ्घका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजुले पुरस्कारले फोटोग्राफरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ