पिएसजीसँग नेमारले गरे चार वर्षे सम्झौता

पिएसजीसँग नेमारले गरे चार वर्षे सम्झौता

neymar

ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौताअनुसार नेमारले पिएसजीबाट प्रतिसाता ६ लाख पाउन्ड पाउनेछन् ।

सम्झौतापछि नेमारले नयाँ प्रशिक्षक माउरिसिओ पोचेटिनोसँग सहकार्य गर्न आतुर रहेको बताइएको छ ।

पिएसजी र नेमारबीचको सम्झौतासँग सम्बन्धित थप कागजी प्रक्रिया अगाडि बढाइएको द डेलिमेलले जनाएको छ । यो सबै प्रक्रिया यसै साता पूरा हुने आरएमसीको रिपोर्टमा उल्लेख छ ।

पछिल्ला केही वर्ष अधिकांश समय चोटका कारण बेन्चमै बसेका नेमारले नयाँ सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन दिने बताएका छन् ।

गत साता ब्राजिलका पत्रकार मार्सेलो बेचलरले नेमार र पिएसजीसँगको सम्झौता हुन लागेको बताएका थिए । गत सिजनमा नेमारकै उत्कृष्ट प्रदर्शनमा पिएसजी इतिहासमै पहिलोपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

जसमा पिएसजी बायर्न म्युनिखसँग १–० ले पराजित भयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds