पोखरा – कोरोना जोखिम भत्ता नपाएको भन्दै पोखरा -१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् ।
कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि अस्पतालका झन्डै ८० जना बढी स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका हुन् ।
अस्पतालका सुचना अधिकृत लक्ष्मण पौडेलका अनुसार अस्पतालले दिने सेवामा कुनै अवरोध नहोस भनेर आइतबारदेखि दैनिक आधा घण्टा अस्पताल परिसरमा ध्यानाकर्षण स्वरूप नारावाजी गरिएकोमा बुधबारदेखि पनि सम्बन्धित निकायले सुनुवाइ नगरेमा थप आन्दोलनका कार्यक्रमबारे छलफल गरिने जानकारी दिए ।
गण्डक न्युजसंग संक्षिप्त कुरा गर्दै पौडेलले भने, ” हामीले महामारीको समयमा पनि आफ्नै स्टाफसमेत सक्रिय रुपमा कोरोना संक्रमित भएको अवस्थामा विरामीलाई सेवा दियौं, हाम्रो माग निर्देशिका अनुसार दिने भनिएको कोरोना जोखिम भत्ता दिईयोस् ।”
आन्दोलित चिकित्सक तथा कर्मचारीले अस्पताल परिसरमा कोरोना जोखिम भत्ता पाउनैपर्छ, भेदभावपूर्ण व्यवहारको अन्त्य गर, हाम्रो माग पूरा गर, लगायतका नारा लगाएका थिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा