पोखरा, २७ माघ । संसद विघटन विरुद्ध नेपाली काँग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की काँग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
विरोध सभाअघि वडा नं. १, २, ३, ४, ९, १६, १९ र २० का साथै माछापुच्छ«े गाउँपालिकाको ¥याली पार्टी कार्यालय चिप्लेढुंगाबाट निस्कनेछ । वडा नं. १८, २४, २५, १७, ५, ६, ७, ८, २१, २२, २३ र अन्नपूर्ण गाउँपालिकाको र्याली पोखरा जिरोकिलोमिटरबाट सुरु हुनेछ ।
त्यस्तै, वडा नं. ११, १२, १३ र मादी गाउँपालिकाको र्याली मियाँपाटन, वडा नं. १०, १४ र १५ को र्याली अमरसिंहचोकबाट निस्कनेछ । साथै, पोखरा वडा नं. २७, २९, ३०, ३१, ३२, ३३ र रुपा गाउँपालिकाको र्याली अर्घौंचोकबाट सुरु हुनेछ । पोखरा २८ र २६ को र्याली सिधै कालिकाचोक पुग्नेछ ।
बैठकले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन पोखराका ३३ वटै वडामा जिल्लाका प्रतिनिधिहरु खटाएको छ । प्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा रहेका वडामा पुगेर प्रदर्शन केन्द्रित रहेर भेला तथा बैठक गर्नेछन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थालाई आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले विरोध कार्यक्रममा सहभागी हुन स्थानिय नेता, कार्यकता, नागरिक समाज, उद्योगी व्यवसायी तथा पार्टीका शुभेच्छुक, लोकतन्त्रवादीहरुलाई अनुरोध गरेका छन् ।
बिरोधसभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु