नेपाल कम्युनिस्ट पार्टी नेकपा गण्डकी (केपी ओली समूह) ले प्रदेश स्तरीय विशाल जनसभा गर्न लागेको छ । पार्टीको गण्डकी प्रदेश कार्यालयको चौथो बैठकले आगामी फागुन १५ गते शनिबार पोखराका अमरसिंहचौरमा सभा गर्ने निर्णय गरेको हो ।
सभालाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले आमजनतालाई प्रशिक्षित गराएर पार्टीको पक्षमा माहौल बनाउन सभा गर्न लागेको बताए । उनले जनताको उत्साहजन र व्यापक सहभागितामा जिल्ला तथा प्रदेश स्तरका सभा भएको दाबी गरे ।
पार्टीका स्थायी समितिका सदस्य, गण्डकी प्रदेशका सहइञ्चार्ज, तथा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पार्टीको पक्षमा जनमत सिर्जना गर्न कार्यकर्ता परिचालन, भेला प्रशिक्षण तथा सभा गरेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्दबहादुर नेपालीले पालिका, जिल्ला स्तरका भेला प्रशिक्षण तथा सभा गरेर पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाएको दाबी गरे ।
उनले गण्डकी प्रदेश स्तरीय सभाको आवश्यक तयारीको क्रममा जन परिचालन, प्रचार प्रसार तथा जनसम्पर्क, मञ्च तथा सभास्थल व्यवस्थापन, अतिथि सत्कार, यातायात व्यवस्थापन, सुरक्षा तथा स्वयं सेवक परिचालन, स्वास्थ्य तथा सांस्कृतिक समिति गठन गरेको जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन