पोखरा र सिमरालाई जोड्दै सिधा हवाई सेवा सुरु हुने भएको छ । यति तारा एअरलाइन्स, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, पोखरा र सिमराका पर्यटन व्यवसायी र व्यवसायी बीच हवाइ सेवा संचालन गर्न सहमत भएका छन् ।
उनीहरुबीच पोखरामा भएको छलफलमा चैत १५ बाट हप्तामा ३ दिन हवाई सेवा सञ्चालन गर्ने टुङ्गो लागेको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ गते फागुपुर्णिको अवसरमा शुरु गर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले ७ वटै प्रदेशमा हवाई सञ्जालबाट जाड्ने प्रयास अन्तरगत अन्तर्गत सिमरामा उडान हुन लागेको बताए ।
उनले अहिले गण्डकी प्रदेश र अन्य दुई प्रदेशमा हवाई सेवा सञ्चालन हुर्दै आएको छ । प्रदेश एकको विराटनगरमा सुरु गरे पनि अहिलेल कोरोनाका कारण रोकिएको बताए । पोखराबाट सिमरा आइतबार, बुधबार र शुक्रबार नियमित उडान गर्ने सहमती भएको छ । ४५ सय रुपैयाँ भाडादर तोकिएको हवाई यात्रा ३० मिनेटको हुने छ ।
यतीले २९ सिटे सानो जहाजबाट सेवा शुरु गर्ने यति तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरलशमशेर जवराले जानकारी दिए । पर्यटन व्यवसायीले हवाइ सेवा सञ्चालन गर्नका लागि सक्दो सहयोग गर्ने बताए । सडकबाट पोखरा सिमरा ५ घन्टा लाग्छ ।
छलफलमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइराला, उद्योग वाणिज्य संघ जीतपुर सिमराका अध्यक्ष संजयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, टान पोखरा अध्यक्ष शुषिलराज पौडेल लगातले पोखरा सिमरा हवाइ सेवा शुरु हुदा दुबै तर्फ पर्यटक बढ्ने बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह