२६ औं जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिले शनिबार साँझ दीप प्रज्वलन गरेको छ । क्याम्पस गेटमा जम्मा भई विद्यार्थीले जनयुद्धका क्रममा ज्यान समर्पण गर्ने सहिदलाई स्मरण गर्दै मैन बत्ती बालेका हुन् ।
दीप प्रज्वलनपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य राजन शर्मा पराजुलीले सहिदको बलिदानी पश्चात् प्राप्त उपलब्धिलाई कुल्चँदै केपी शर्मा ओली अघि बढेको भन्दै सहिदको रगत र आत्माको श्रापले सुख नदिने बताए ।
‘सच्चिनुस्, सत्ताको मातमा सहिदको सपना लत्याउनुहुन्छ भने सडकमा ल्याउनु नपरोस् । यो सन्देश प्रचण्ड र माधव नेपाललाई पनि हो । तपाईंहरु भोलि सत्तामा पुगेर पनि यस्तै नगर्नुहोस् । सहिदका सपनामाथि कुठाराघात गर्नुहुन्छ भने सबै विरुद्ध अनेरास्ववियुले आवाज बुलन्द गर्नेछ ।’ – उनले भने ।
कार्यक्रममा सहिद परिवारका तर्फबाट विद्यार्थी नेता त्रिदीप गुरुङले मुलुक परिवर्तनका लागि सहिदहरुले आफ्नो ज्यान दिएपनि अहिले नेताहरुले मुलुक र जनताप्रति गद्धारी गरेको बताए ।
पार्टीका स्याङ्जा जिल्ला कमिटि सदस्य टीकाराम नेपाली, कास्कीका आमन्त्रित जिल्ला सदस्य नारायण बास्तोला लगायतले बोलेका थिए । अनेरास्ववियू कास्की जिल्ला सहसंयोजक बसन्त भट्टचन, पृथ्वीनारायण क्याम्पस कमिटि कार्यवाहक अध्यक्ष सन्तोष न्यौपाने, विद्यार्थी नेता प्रेम बुढा मगर लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा