नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक गुरुप्रसाद भट्टराईले प्रदेश २ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई दिएको अपहरणको धम्कीको विषयमा उनले माफी मागेका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूले नियतबस त्यस्तो गर्न नचाएको बताउँदै त्यस्तै प्रकृतिका धाक धम्की र धमास देखाउँदा अवशब्द बोल्न बाध्य भएको स्पष्टोक्ति दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएको टेप केही दिन अघि बाहिरिएको थियो ।
भट्टराईले भनेका छन्, ‘यसको निम्ति म सबैसंग क्षमा चाहन्छु ।’ उनले प्रदेश प्रमुखको सचिवालयको मान्छे, हामीसंग समन्वय नगरी काम गर्छस भनेर पटक पटक धम्क्याउँने काम भएपछि आफ्नो धैर्यताको बाँध नाघेको टिप्पणी गरेका छन् ।
उनले सत्य कुरा फेरिपनि के हो भने म आफ्नो नीजी समय बिताइरहेका बेला गलत समयमा बिबाद परेका कारण केही लुज टक भएको स्वीकारे । । जुन कुरा गलत हो भन्ने कुरामा बिबाद गरिरहनु पर्ने कुनै कारण नभएको बताएका छन् ।
आफूले १२ मिनेटसम्म बोल्दा अधिकांश समय संयम हुँदा पनि पार नलागेपछि यस्तो भएको उल्लेख गरे ।

https://www.youtube.com/watch?v=mRyWh5jvHPs
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार